४० बर्ष ग्यारेन्टी सहित भूकम्प पिडितले बनाउन सक्ने भए मात्र साँढे तिन लाखमा यस्तो घर - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » ४० बर्ष ग्यारेन्टी सहित भूकम्प पिडितले बनाउन सक्ने भए मात्र साँढे तिन लाखमा यस्तो घर

४० बर्ष ग्यारेन्टी सहित भूकम्प पिडितले बनाउन सक्ने भए मात्र साँढे तिन लाखमा यस्तो घर

काठमाडौं । भूकम्पबाट घर ध्वस्त भएपछि धेरैले सस्तो घरको खोजी गरिरहेको अवस्थामा हिमालयन बेम्बोले बाँसबाट भूकम्प प्रतिरोधी घर बनाउने जनाएको छ । कम्पनीले मंगलबार पत्रकार सम्मेलन गरेर भूकम्प प्रभावितलाई लक्षित गरेर सस्तोमा बाँसको घर बनाउने जानकारी दिएको हो ।‘हामीले १३ वर्षअघिदेखि बाँसको घर निर्माण गर्दै आएका थियौ । तर अहिले भूकम्प आएपछि यो घरको महत्व थप बढेको छ,’ कम्पनीका अध्यक्ष कुशकुमार जोशीले भने, ‘हामीले माटो र ढुंगाको घर बनाउँदा धेरै क्षति भयो । अहिलेपनि त्यस्तै घर बनिरहेको छ । त्यसैले हामीले सस्तोमा भूकम्प प्रतिरोधी घर निर्माण गर्छौ ।’ बाँसबाट निर्माण हुने घरको आयु ४० वर्षको हुनेछ ।
‘बाँसलाई ट्रिटमेन्टपछि प्रयोग हुने भएकाले घरको आयु ४० वर्षभन्दा बढीको हुनेछ,’ उनले भने, ‘नेपालको हावापानी र भौगोलिक अवस्था अनुकुल छ ।’ जोशीको अनुसार अहिलेसम्म दुई सय घर निर्माण गरिसकेको छ । भूकम्पपछि डेढ सय घरको अर्डर आएको उनले बताए । एक परिवारको लागि आवश्यक २ कोठा, भान्छा, ट्वाईलेट र बरण्डासहितको ३ सय ६० वर्गफिटको हुनेछ । यो घरको लागत प्रतिवर्ग फिट एक हजारदेखि १६ हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ । घरको मूल्य साढे तीन लाखदेखि सुरु भएर सुविधा र कोठा अनुसार बढ्दै जानेछ ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap