
काठमाडौं । कार्यशैलीलाई लिएर व्यापक आलोचना भएपछि एनेकपा माओवादीले गृह मन्त्री शक्तिबहादुर बस्नेत र आपूर्ति मन्त्री गणेशमान पुनलाई फिर्ता बोलाउने तयारी गरेको छ ।
गृहमन्त्री बस्नेतले भूकम्पपीडितका लागि चीन घुम्न आएको कोटामा आफन्त र नातागोता पठाएपछि तीव्र आलोचना भएको थियो ।
त्यस्तै आपूर्ति मन्त्री पुनमाथि कालाबजारी रोकथाम गर्न नसकेको भन्दै आलोचना भएको थियो।
एमाओबादी स्रोतका अनुसार, एमाओवादीले केही दिनमै दुई मन्त्री फिर्ता बोलाउने र त्यसमा नयाँलाई पठाउने गृहकार्य गरेको हो ।
त्यस्तै गृहमन्त्री जनार्दन शर्माको काँधमा जाने सम्भावना देखिएको छ । अहिले एमाओवादीभित्र शर्मा नै गृहमन्त्रीका लागि उपयुक्त पात्र भएको चर्चा भइरहेको छ ।
त्यस्तै, आपूर्ति मन्त्रीमा भने धेरैले दाबी छ । आपूर्ति मन्त्रीमा कसलाई पठाउने भन्नेबारेमा भने एमाओवादी अन्योलमा रहेको छ ।

