१८ चैत,रामेछाप-यस वर्षको एसएलसी परीक्षा आजबाट सुरु हुँदैछ । ६ लाख १५ हजार ५ सय ५३ परीक्षा सहभागी हुने एसएलसी परीक्षा बिहान ८ बजेदेखि सुरु हुने छ ।

यस पटक साधारण विषयमा नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१, एक्जाम्टेडतर्फ १ लाख ५९ हजार ४ सय १७ र प्राविधिकमा ३ हजार २ सय ५५ परीक्षार्थी छन् । नियमिततर्फ २ लाख २५ हजार २ सय ४६ छात्र र २ लाख २७ हजार ५ सय ३५ छात्रा छन् ।
प्राविधिक एसएलसीमा १ हजार ९ सय ८२ छात्र र १ हजार २ सय ७३ छात्रा छन् । परीक्षामा सबैभन्दा धेरै काठमाडौंबाट ३५ हजार ७ सय २९ र सबैभन्दा कम मनाङबाट ६३ जना सहभागी हुँदैछन् ।
६ लाखभन्दा बढी विद्यार्थीले देशभरिबाट १ हजार ९ सय ४३ परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरिएको परिक्षा नियन्त्र कार्यालयले जनाएको छ ।
सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौं जिल्लामा छ । यो जिल्लामा ३६ हजार ठ सय विद्यार्थीको लागि ९३ परीषा केन्द्र तोकिएको छ भने सवैभन्दा कम परीक्षा केन्द्र मनाङ र मुस्ताङ जिल्लामा छ । यी जिल्लामा एकएक परीक्षा केन्द्र तोकिएको छ ।
परीक्षलाई व्यवस्थित र मर्यादित बनाउन शिक्षा मन्त्रालयले सहसचिवहरुको नेतृत्वमा १८ वटा समूह बनाएर अनुगमनको लागि खटाएको छ ।
एसएलसीको ८२ वर्षे इतिहासमा यसै वर्षदेखि ग्रेडिङ पद्धति लागू हुँदै छ । नियमित, प्राविधिक र एक्जाम्टेड सबै विद्यार्थीको नतिजा अक्षरांक पद्धतिअनुसार प्रकाशित गरिने छ ।
एसएलसीमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी, सुरक्षाकर्मी गरी ७२ हजारभन्दा बढीको जनशक्ति खटाइएको छ । परीक्षा चैत २९ गते सकिने छ ।
यसै बिच आजबाट सुरु हुन लागेको यस वर्षको प्रवेशिका परीक्षा एसएलसीमा रामेछापबाट कुल चारहजार २ सय ४७ जन बिद्यार्थीले परिक्षा दिने भएका छन । यस वर्षको एसएलसी परीक्षाको लागि रामेछाप जिल्लामा २१ वटा परीक्षा केन्द्र निर्धाण गरिएको छ ।
जिल्लाको शिद्धेश्वर उमावि वाम्ती, शारदा उमावि ठोसे, जनजागृति उमावि बेताली, शारदा उमावि गेलु, तामाकोसी जनजागृती उमावि खिम्ती, भिमेश्वर उमावि चिसापानी, गौरीशंकर उमावि रामेछाप, सेतीदेवी उमावि सालु, हिमगंगा उमावि साँघुटार, झटेश्वरी उमावि धोवीमा परीक्षा केन्द्र कायम गरिएको छ ।
यसै गरी त्रिपुरेश्वर उमावि दुरागाउँ, प्रयागेश्वर उमावि पकरबास, रुद्राक्षेश्वर उमावि मुगिटार, काकलिङ्ग उमावि दोरम्बा, कृष्णवर्णश्वर उमावि मानपुर, कुशेश्वर उमावि वेथान, शतलिङ्गेश्वर उमावि गुन्सी, कालिका उमावि लखनपुर, नलकण्ठेश्वर उमावि कठजोर र मन्थली उमाविमा २ वटा परीक्षा केन्द्र कायम गरिएको छ।
यस वर्ष जिल्लाका ९० वटा सामुदायीक र ३ संस्थागत गरी ९३ विद्यालयबाट ४ हजार २ सय ४७ जना विद्यार्थीले एसएलसी परीक्षा दिँदै छन् । जसमा नियमित तर्फ २ हजार ४ सय २० जना छात्रा र १ हजार ८ सय २७ जना छात्रहरु रहेका छन् । एक्जाम्टेड तर्फ २ हजार ४ सय ७४ विद्यार्थीले परीक्षा दिँदै छन् । जसमा १ हजार ५ सय ६८ जना छात्रा रहेका छन् ।
परीक्षामा प्राविधिक एसएलसी तर्फ ३४ जना र खुल्ला विद्यालयबाट ११ जना परीक्षार्थीहरु सहभागि हुँदैछन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको कारण ७५ जना विद्यार्थी भने परीक्षामा सहभागि हुन नपाउने जिशअ अधिकारीले बताउनु भयो ।
परीक्षाको लागि २१ जना केन्द्राध्यक्ष, ३३ सहयक केन्द्राध्यक्ष, २ सय ७८ निरीक्षक, १ सय ४६ सहयोगि र ४ सय ७८ सुरक्षाकर्मी समेत गरी ७ सय भन्दाबढी जनशक्ति परिचानल हुने भएको छ ।
परीक्षा दिन जाने विद्यार्थी अनिवार्य रुपमा विद्यालय पोशाकमा जानुपर्ने पनि कार्यालयले जनाएको छ । यस वर्षको एसएलसी परीक्षा दिन जाने छात्राहरुको लागि परीक्षा केन्द्रमा नै सेनिटरी प्याड उपलब्ध गराउने व्यवस्था मिलाइएको जिशिअ खुबिराम अधिकारीले बताउनुभयो ।
परीक्षा दिन जाने विद्यार्थी अनिवार्य रुपमा विद्यालय पोशाकमा जानुपर्ने पनि कार्यालयले जनाएको छ । यस वर्षको एसएलसी परीक्षा दिन जाने छात्राहरुको लागि परीक्षा केन्द्रमा नै सेनिटरी प्याड उपलब्ध गराउने व्यवस्था मिलाइएको जिशिअ खुबिराम अधिकारीले बताउनुभयो ।

