विभिन्न क्षेत्रमा आवद्ध युवाहरुद्धारा कालीमायाँलाई सहयोग - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » विभिन्न क्षेत्रमा आवद्ध युवाहरुद्धारा कालीमायाँलाई सहयोग

विभिन्न क्षेत्रमा आवद्ध युवाहरुद्धारा कालीमायाँलाई सहयोग

पूर्णप्रसाद न्यौपाने, चैत १६, ओखलढुंगा / ओखलढुंगाको पात्लेकी कालीमायाँलाई विभिन्न क्षेत्रमा आवद्ध युवाहरुले सहयोेग गरेका छन् ।
help1
  जागीरका लागि विभिन्न मुलुुकमा पुगेका ओखलढुंगेली युुवाहरुले संयुक्तरुपमा ५० हजार नगद सहित लत्ता कपडा सहयोग गरेका हुन् । विगत ६६ वर्ष देखि ओडारमा बस्दै आाएकी कालीमायाँ सहयोग पाएपछि अहिले घरमै बस्दै आएकी भएपनि उनलाई निकै समस्या रहेको भन्दै त्यो समस्या समाधानमा साउदी,कतार लगाएतका स्थानमा पुगेका युवाहरुले चासो देखाए अनुसार नै जम्मा भएको सहयोग आफु कालीमायाँको घरमा पगेर हस्तान्तरण गरेको सहयोगी मध्येका एक देब बहादुर सुनुवारले जानकारी दिनुभयो ।
‘जब उहाँको अवस्था बारे हामीले थाह पायौँ त्यो बेला देखि नै सानुठेुलो सहयोग गरिरहेका छौँ’उहाँले भन्नुभयो‘कालीमायाँ अलि अस्वस्थ हुनुुहुन्छ,उहाँको उपचारका विषयमा पनि हामीले सोचीरहेका छौँ’ उपचार गरेर बाँचुन्जेल सहयोग गर्ने र उहाँको नाममा जुटेको सहयोगको दिर्घकालीन व्यवस्थापन गर्ने विषयमा पनि योजना बनाईरहेको सुनुवारको भनाई छ ।
सुनुवार सेवा समाज शाखा साउदीबाट २४ हजार ५ सय, भुकम्प पीडित अभियानबाट छुट्टयाइएको २० हजार, कतारमा कार्यरत नेपालीहरु बाट २० हजार, ४ अमेरिकी निबासी आङ दामु शेर्पा ५ हजार, ५ समाज सेबि मोहन सुनुवार ५ हजार, टेकेन्द्र सुनुवार ट्रकिङ गाइडबाट १ हजार र नाम उल्लेख न गर्ने सर्तमा एक जना सुनुवार चेली बाट एक हजारगरी जम्मा ७६ हजार ५ सय संकलन भएको र उक्त रकमबाट सहयोग गरिएको सहयोगी अभियान्ता किशोर सुनुवारले जानकारी दिनुभयो । केहि दिन अघि देब सुनुवार,जिबन सुनुवार,उपेन्द्र सुनुवार र लिला सुनुवारले पात्ले पुगेर कालीमायाँलाई सहयोग हस्तान्तरण गर्नु भएको थियो । वि. सं. २००५ देखि नै ओडारमा बस्दै आएकी पात्ले–८ लप्सेडाँडाकी ८० वर्षीय कालीमाया सुनुवारलाई विभिन्न क्षेत्रमा आवद्ध व्यक्ती तथा निकायहरुले सहयोग गरिरहेका छन् । सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन,प्रशारण भएपछि सहयोगीहरु जेटेपछि कालीमायाँले अहिले एक सहयोगीको साथ र बासबस्ने घर सहित बाचुन्जेल सहयोग गर्ने सहयोगि हातहरु भेट्टाएकि छिन् ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap