इतिहासमा यसरि कोहि बोल्न सकेन ,तर प्रचण्ड बोले..... भारतीय नेताकै अघि खुल्लाचौरमा - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » इतिहासमा यसरि कोहि बोल्न सकेन ,तर प्रचण्ड बोले..... भारतीय नेताकै अघि खुल्लाचौरमा

इतिहासमा यसरि कोहि बोल्न सकेन ,तर प्रचण्ड बोले..... भारतीय नेताकै अघि खुल्लाचौरमा

२० फागुन, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीलाई सम्बोधन गर्दै खुल्लामञ्चबाटै प्रश्न गरेका छन्- हामीले के गल्ती गरेका थियौं र नेपालमाथि नाकाबन्दी गरेको ?’

नेपाली कांग्रेसको महाधिवेशन उदघाटन समारोहमा सहभागी भएका बीजेपी नेता कोशियारीको नाम लिँदै प्रचण्डले भने- ‘कोशियारीजी बोलेर जान लाग्नुभएको थियो, मैले भनें पख्नोस् तपाईलाई नै सुनाएर मैले केही बोल्नुपर्नेछ, हामीले के गल्ती गरेका थियौं र हामीमाथि नाकाबन्दी गर्नुभयो ?’
मञ्चबाट हिड्नै लागेका भारतीय जनता पार्टीका नेता भगतसिंह कोसयिारीलाई एकछिन भन्दै रोकेर भाषण गर्न पुगेका प्रचण्डले अब आइन्दा नाकाबन्दी जस्तो अमानविय काम नगर्न उनी मार्फत् भारतलाई चेतावनी दिए ।
नेपाल र भारतवीचको सम्बन्ध कोशियारीले भनेजस्तै अन्योन्याश्रित भए पनि नाकाबन्दीजस्ता घटनाले गर्दा नेपालीको भावनामा चोट पुगेको प्रचण्डले भारतीय नेताहरुलाई बताए ।
आफू र गिरिजाप्रसाद कोइरालाको प्रयासबाट मुलुकमा अहिलेको परिवर्तन सम्भव भएको बताउँदै प्रचण्डले अब नेपाली कांग्रेसले कस्तो नीति अलवम्बन गर्छ भन्ने आफूले चासोका साथ हेरिरहेको प्रचण्डले बताए ।
   अध्यक्ष प्रचण्डले भारतीय जनतापार्टीका उपाध्यक्ष भगतसिह कोसीयारीमार्फत भारतलाई नाकाबन्दी गर्नुको कारण बताइदिन आग्रह गरेका छन् ।
नेपाली काँग्रेको १३ औँ महाधिवेशन अन्तर्गत उद्घाटनसत्रमा बोल्दै प्रचण्डले भने- ‘हामीले नाकाबन्दी नै गर्नेगरी के गल्ती गरेका थियौँ र ? म भगतसिंह कोसीयारीमार्फत यो प्रश्न गर्न चाहन्छु,’। ‘कहिलेकाही हामीले जे जस्ता पिडाहरु भोग्नु परेको छ, त्यो नदोहोरियोस् ।’ कार्यक्रमको बीचमै हिँडन लागेका भगतसिहलाई प्रचन्डले मञ्चमै रोकेर यस्तो भनेका हुन् ।
प्रचण्डले नेपाली राजनीतिमा गरीएको नयाँ प्रयोगका लागि मित्रराष्ट्रहरुको सहयोग जरुरी रहेको भन्दै सहयोग गर्न पनि आग्रह गरे । ‘हामीले नेपालमा जे राजनीतिक प्रयोग गर्दैछौँ, त्यसमा विदेशी सहयोग जरुरी छ ’ उनले भने ।
उनले राष्ट्रिय एकता अहिले झन् बढी आवस्यकता रहेकोले विभिन्न राजनीतिक विचारधारा भएपनि राष्ट्रको समृद्धिका लागि एकठाउँमा आउन आह्वान गरे । प्रचण्डले संविधान कार्यान्वयन गरिछाड्ने अठोट लिएर आउन काँग्रेसलाई आग्रह गरे ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap