Home »
» मनपा–१३ बडिमुहानमा स्थापना गरीएको शहरी स्वास्थ्य केन्द्रको उदघाटन
मनपा–१३ बडिमुहानमा स्थापना गरीएको शहरी स्वास्थ्य केन्द्रको उदघाटन
१५ फागुन, रामेछाप ।
मन्थली नगरपालिका वार्ड नं १३ स्थीत बडिमुहानमा स्थापना गरिएको शहरी स्वास्थ्य केन्द्र को उद्घाटन कार्यक्रम एक समारोहका विच सम्पन्न भएको छ ।
मन्थली नगरपालिका वार्ड नं १३ का वडा अध्यक्ष मखौरे माझीको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमका अवसरमा जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख एबं स्वास्थ्य केन्द्र उदघाटन कार्यक्रमका प्रमुख अतिथि डा प्रकाश प्रसाद शाहले साइनवोर्ड अनावरण गरेर र रिवन काटेर उद्घाटन गर्नु भएको हो । कार्यक्रमका आवसरमा स्थानीय वासी अमृत खड्का, नेपाली काग्रेस मन्थली नगर पालिका वार्ड नं १३ का वार्ड सभापति भुवनहरी प्रसाई जिल्ला स्वास्थ्य कार्यालय रामेछापका सुपरभाइजर केशब फुयाल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल , जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा प्रकाश प्रसाद शाह ले आ आफनो मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमका अवसरमा बोल्दै डा शाह ले आफुले यस्तो सम्मान पहिलो पटक पाएको प्रसंग उल्लेख गर्दै यस स्वास्थ्यकेन्द्रको सेवा प्रभावकारी वनानउन स्थानीय समुदायको सहयोग पाएमा आफुले सकेको सहयोग गर्ने बताउनु भयो । स्वास्थ्य चौकी स्थापना भएको खुसीयालीमा डा शाह र उहाको टोलीलाई गाउलेहरुले फुल मालाले भब्य स्वागत गरेका थिए । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान गरे बापत महिला स्वास्थ्य स्वयम सेवीका सितादेवी खड्का र कमला पाण्डेलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा प्राथामिक स्वास्थ्य केन्द्रका भरतकुमार श्रेष्ठ, जेष्ठ नागरिक जयप्रसाद ढुंगेल,मन्थली नगरपालिका वडा नं १३ का वडा संयोजक शुदर्शन प्रसाई लगाएत स्थानीय समाजसेवी एबं बुद्धिजिबी लगाएतको उपस्थिति रहेको थियो ।