Home »
» यूवा परिषद्को उपाध्यक्षमा रामेछापका युवा नेता माधव ढुङगेल नियुक्त हुने पक्का
यूवा परिषद्को उपाध्यक्षमा रामेछापका युवा नेता माधव ढुङगेल नियुक्त हुने पक्का
सरकारले गठन गर्न लागेको यूवा परिषद्को उपाध्यक्षमा नेकपा एमालेका केन्द्रीय सदस्य अनेरास्ववियूको पुर्व अध्यक्ष रामेछापका होनहार युवा नेता माधव ढुङगेल नियुक्त हुने सम्भवना पक्का देखिएको छ ।

परिषद्का लागि बुधबार ढुङगेलसहित तीन जनाको सिफारीस भएको छ । आवेदन दिएका ५ जना मध्येबाट छानेर । युवा तथा खेलकुद मन्त्रालयका सचिव लक्ष्मण प्रसाद मैनाली संयोजकत्वमो सिफारीस समितिले तीन जनाको नाम सरकारलाई सिफारीस गरेको हो । सिफारीसमा पर्नेहरुमा ढुङगेल, योगेन्द्र शाही र सरोजदिुल बिश्वकर्मा छन् । उनीहरुमध्ये एक जनालाई सरकारले उपाध्यक्षमा नियुक्त गर्ने छ । तीनमध्ये ढुङगेल बलिया उम्मेदवार हुन् । कैलाश ढुङगेल र रमेश पौडेल भने सिफारीस सूचिमा अटाउन सकेनन् । मावध ढुङगेलको नियुक्ति सहज बनाउनै कैलाशको नाम सुरुमै हटाइएको स्रोत बताउछ । सरकारले युवा परिषद्को उपाध्यक्षका लागि खेलकुद तथा युवा मन्त्रालयका सचिव लक्ष्मण मैनालीको संयोजकत्वमा गत महिना सिफारीस समिति गठन गरिसकेको छ । समितिको सदस्यमा सुवासधन राई र राधाकृष्ण देउजा छन् । समितिको बुधबार बसेको बैठकले तीन जनाको नाम सिफारीस गरेको हो । खेलकुदको विकासमा राष्ट्रिय खेलकुद परिषद् जस्तै गरी युवा क्षेत्रको विकासका लागि सरकारले राष्ट्रिय युवा परिषद् गठन गर्न लागेको छ । राष्ट्रिय युवा परिषद् ऐन यही वर्षमात्र आएको छ ।
सरकारले परिषद्का लागि बजेट समेत छुट्याइसकेको छ । ऐनअनुसार ७५ वटै जिल्लामा राष्ट्रिय खेलकुद विकास समिति जस्तै गरी युवा विकास समिति गठन गरिने उल्लेख छ । युवा मन्त्री अध्यक्ष हुने परिषद्मा नेपाल सरकारका ९ जना सचिव पदेन सदस्य हुने छन् । मन्त्रीहरुले अरु सदस्यहरु नियुक्त गर्न सक्नेछन । सिफारीसम परेका तीनैजना नियुक्तिका लागि लबिङमा लागिसकेका छन् । युवा परिषद् गठनका लागि सरकारले पहिले नै बजेट छुट्याइसकेको छ /
www.pahichanaphnai.com