Home »
» आकाशे सामुदायीक वन खिम्ती र भालु वतासे सामुदायीक वन उपभाक्ता समिति गेलुको साधारण सभा सम्पन्न
आकाशे सामुदायीक वन खिम्ती र भालु वतासे सामुदायीक वन उपभाक्ता समिति गेलुको साधारण सभा सम्पन्न
रामेछाप । पुस १८ गते
आकाशे सामुदायीक वन उपभोक्त समिति खिम्ती १ को १६ औ वार्षिक साधारण सभा शनिबार खिम्तीमा सम्पन्न भएको छ । उपभोक्ता समितिका अध्यक्ष षडान्द कँडेरियाको अध्यक्षतामा सम्पन्न सो साधारण सभा तामाकोसी जनजागृती उमावि खिम्तीका प्राचार्य पवनराज पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । सो सामुदायीक वनको कुल ५५ हेक्टर जंगल क्षेत्रको खिम्ती गाविसका १, ४ र ५ नं वडाका उपभोक्ताले उपभोग गरि रहेका छन् । साधारण सभामा ४२ हजार ९ सय ६५ रुपैयाँको आम्दानी तथा १५ हजार ५ सय ३० रुपैयाँ खर्चको विवरण कोषाध्यक्ष उमेशराज कँडरियाले प्रस्तुत गर्नु भएको थियो । साधारण सभाले साजन सिवाकोटीको अध्यक्षतामा ११ सदस्सिय नयाँ समिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा गणेशबहादुर कार्की, सचिवमा दुर्गा दाहाल, सहसचिवमा विमला अधिकारी र कोषाध्यक्षमा ओमप्रसाद कँडरिया रहेका छन् । यसै गरी भालु वतासे सामुदायीक वन उपभाक्ता समिति गेलुको २१ औँ वार्षिक साधारणसभा पनि शनिबार सम्पन्न भएको छ । सामुदायीक वनका अध्यक्ष कृष्णबहादुर पाण्डेको अध्यक्षता तथा मावि सिग्रालका प्रअ पवनराज खड्काको प्रमुख आतिथ्यतामा साधारण सभा भएको थियो । कार्यक्रममा वनको आर्थिक विवरण प्रस्तुत गर्नुका साथै जेष्ठ नागरिक तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।