Home »
» विपन्न, दलित, जनजाति तथा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
विपन्न, दलित, जनजाति तथा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
रामेछाप । पुस १८ गते
मन्थली नगरपालिका वडा नं १३ ठेडिखोलाका महिला, दलित, माझी समुदाय र वृद्धावृद्धहरुको लागि न्यानो कपडा वितरण गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई न्यानो कपडा वितरण गरीएको हो।
अन्तराष्ट्रिय सिर्जना समानता प्रतिष्ठान काठमाडौँको आयोजना तथा भर्जेनिया अमेरीकाको सहयोगमा सो कपडा वितरण गरीएको हो । मन्थली नगरपालिका वडा नं १३ भटौलीका वडा नागरीक मञ्चका संयोजक सुदर्शन प्रसाईको अध्यक्षता तथा प्रतिष्ठानकी अध्यक्ष सिर्जना उप्रेतीको उपस्थितिमा स्थानीय ४२ जना महिला, दलित, माझी समुदाय र वृद्धावृद्धाहरुलाई जाडोमा लगाउन स्वीटर, ज्याकेट, ओड्ने लगाएका न्यानो कपडा वितरण गरीएको छ । प्रतिष्ठानकी अध्यक्ष उप्रेतीका अनुसार वितरण गरीएको कपडा भुकम्पबाट पीडित समुदायको लागी सहयोग पुगोस् भनि वितरण गरिएको हो । आगामी दिनहरुमा महिला लक्षित उध्यमशिलता सम्वन्धि विविध कार्यक्रम ल्याउने पनि उनले उहाँले बताउनु भयो ।