Home »
» मौषमि राहत स्वरुप १० हजार रुपैया रामेछापको गुन्सिभदौरे गाविसमा बितरण
मौषमि राहत स्वरुप १० हजार रुपैया रामेछापको गुन्सिभदौरे गाविसमा बितरण
रामेछाप १८ पुष
सरकारले भुकम्प पछि टहरोमा बस्दै आएका पिडितहरुलाई चिसाबाट बचाउन मौषमि राहत स्वरुप सरकारले उपलब्ध गराएको १० हजार रुपैया आज रामेछापको गुन्सिभदौरे गाविसमा बितरण गरिएको छ । गाबिस सचिब घनस्याम थपलियाले प्रहरि जवानहरुको सुरक्षाका बिच पिडितहरुलाई मौषमि राहत बितरण गर्नुभएको हो । लगभग १२०० घरधुरि रहेको गुन्सि गाविसमा आज पहलिो दिन ४८८ घरधुरिलाई मौषमि राहात उपलब्ध गराइएको र बाकिँ घरधुरिलाई भोलि बितरण गरिने गुन्सी गाबिसकि सामाजिक परिचालक निलिमा घिसिङले बताउनुभयो । गुन्सि गाबिसको वार्ड न ४ स्थीत प्रहरि चौकि गुन्सिको प्रांगणमा आयोजित मौषमि राहात बितरण कार्यक्रममम प्रहरि चौकि प्रमुख राजाराम राय यादब ,वडा नागरिक मञ्चका संयोजकहरु,राजनैतिक दलका प्रतिनिधहरु लगाएत सथनिय भुकम्प पिडितहरुको उपस्थीति रहेको सामुदायीक रिपार्टर संगिता श्रेष्ठले जानकारि दिनुभयो ।