रामेछाप १८ पुष
रामेछापको तिल्पुङ गाविसको १८ औ गाउँ परिषद आज सम्पन्न भएको छ । परिषदमा गाविस सचिव इश्वरी कार्कीले गाविसको बजेट तथाकार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सार्वजनिक गरेको विवरण अनुसार गाविसको कुल बजेट १९ लाख ११ हजार रुपैया रहेको छ । गाविस सचिव इश्वरी कार्कीको अध्यक्षतामा भएको परिषदमा गाविस स्थित राजनीतिक दलका प्रतिनिधिहरुले मन्तव्य समेत राखनु भयो ।