रामेछापको टोकरपुरमा सार्वजनिक सुनुवाई - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापको टोकरपुरमा सार्वजनिक सुनुवाई

रामेछापको टोकरपुरमा सार्वजनिक सुनुवाई

रामेछाप । पुस १८ गते

    रामेछापको टोकरपुरमा गाविसले दिएको सेवा सुविधाको प्रभावकारीतको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार सम्पन्न भएको छ । गाविसको कार्यालय टोकरपुरको आयोजनामा सार्वजनिक सुनुवाई भएको हो । 

         कार्यक्रममा गाविसले आर्थिक वर्ष २०७१/०७२ मा सञ्चालन गरेको योजनाको बारेमा हाकाहाकि सवाल जवाफ भएको थियो । कार्यक्रममा विभिन्न उपभोक्ता समितिले गरेका कामको बारेमा नागरिकले राखेका प्रश्नमाथि उपभोक्ता समितिका अध्यक्षहरुले जवाफ दिएका थिए । यसै गरि गाविसले सञ्चालन गरेको कार्यक्रमको बारेमा गाविस सचिव कृष्ण गोलेले जवाफ दिनुभएको थियो । 
        कार्यक्रममा गाविसले गर्नु पर्ने कार्यहरुको विषयमा ५ वुँदे सार्वजनिक प्रतिवद्धता समेन जारी गरिएको छ । जसमा गाविसले नियमति रुपमा सार्वजनिक सुनुवाई गरी पारर्दीताको अभ्यासलाई अझ प्रभावकारी बनाउने लगायतका बुँदाहरु रहेका छन् । 
       यसै गरी शनिबार नै सम्पन्न गाविसको वार्षिक समीक्षा कार्यक्रममा गाविसको कार्यालय तथा गाविसमा कार्यरत गैरसरकारी संस्था जनभावना युवा क्लव टोकरपुर, सामुदायीक विकास समाज, पहाडी समाज कल्याण केन्द्र दोरम्बा लगायत विभिन्न संस्थाहरुले सञ्चालन गरेको कार्यक्रमको बारेमा पनि जानकारी गराइएको थियो । 
        यसै बिच टोकरपु गाविसमा जनताको संविधान जनताको माझमा भन्ने मूल नाराका साथ नेपालको संविधान २०७२ ले गरेको व्यवस्थाको बारेमा शनिबार छलफल भएको छ । कार्यक्रममा गाविस सचिव कृष्णबहादुर गोले, स्थानीय शान्ति समितिका सदस्य तुलप्रसाद कँडेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक संस्थाका प्रमुख एवं प्रतिनिधिले नेपालको संविधान २०७२ ले गरेको व्यवस्थाको बारेमा जानकारी गराएको सामुदायिक रिपोर्टर कविता पहरीले जानकारी  दिनुभयो ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap