Home »
» रामेछापका इलाका नं ४ र ८ को इलाका परिषद सम्पन्न
रामेछापका इलाका नं ४ र ८ को इलाका परिषद सम्पन्न
रामेछाप । माघ ९ गते
जिल्ला विकास समिति रामेछापको इलाका नं ४ र ८ को इलाका परिषद शनिबार सम्पन्न भएका छन् । सम्पन्नप परिषदहरुले दुवैवटा इलाकाका प्रत्यक गाविसका ५/५ वटा प्राथमिकताका योजनाहरु छनोट गरेका छन् ।
इलाका नं ४ बिजुलीकोटको धोवीमा सम्पन्न परिषले आर्थिक वर्ष २०७३/०७४ का लागि सो इलाकाका योजनाहरु विषयत समितिमा पठाउने निर्णय गरेको छ ।
कार्यक्रममा जिल्ला विकास समिति रामेछापका सामाजिक विकास अधिकृत गोविन्द कट्टेल, स्थानीय सरकारको जवाफदेहीता अभिवृद्धि परियोजना जिल्ला परियोजना सहयोग इकाई रामेछापका संयोजक उमङ्ग मैनालीले सहजिकरण गर्नु भएको थियो । उहाँहरुले योजन छनोट गर्दा ध्यान दिनु पर्ने कुराहरुको बारेमा कार्यक्रमका सहभागिलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा इलाका स्तरका राजनीतिक दलका नेताहरु, सम्बन्धित गाविसका सरोकारवालाहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रम गाविस सचिव लक्ष्मण तामाङको अध्यक्षतामा भएको थियो ।
यसै गरी इलाका नं ८ को परिषद पुरानागउँको गाविस भवनमा सम्पन्न भएको छ । कार्यक्रम सो गाविसका गाविस सचिव प्रेमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रमा ८ नं इलाकाका ५ वटा गाविसका गाविस सचिव, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेका गोविन्दबहादुर तामाङ, एमालेका नरेन्द्र गिरी , एनेकपा माओवादीका रमेश तामाङ, साल्जका सुमन बोहोरा लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण जिल्ला विकास समिति रामेछापका दीलकुमार मानन्धरले गर्नु भएको सामुदायिक रिपोर्टर विना तमाङले जानकारी दिनुभयो ।