Home »
» जिल्ला वन कार्यालयकोे इलाका स्तरको गोष्ठी हिलेदेवीमा सम्पन्न
जिल्ला वन कार्यालयकोे इलाका स्तरको गोष्ठी हिलेदेवीमा सम्पन्न
रामेछाप । माघ ९ गते,
जिल्ला वन कार्यालय रामेछापको आयोजनामा इलाका स्तरीय प्रगति समीक्षा गोष्ठि शनिबार हिलेदेवी गाविसको साँदीडाँडामा सम्पन्न भएको छ । सो इलाका वन कार्यालयले हालसम्म गरेको कार्यप्रगतिको जानकारी गराई आगामी योजनाको बारेमा समेत छलफल गर्न कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमा जिल्ला वन कार्यालय रामेछापका प्रमुख केदारनाथ पौडेलले कार्य प्रगति तथा आगामि योजनाको बारेमा जानकारी गराउनु भएको थियो । सो इलाका वन अन्तर्गतका ३० वटा सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष एवं पदाधिकारीहरुको सहभागिता रहो कार्यक्रमका सहभागिहरुलाई कार्यालयको तर्फबाट प्रल्हाद घिमिरेले स्वागत गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण फरेष्टर लेखनाथ आचार्यले पनि गर्नु भएको थियो ।