रामेछापका नक्कलि भुकम्प पिडितहरुले धमाधम १५ हजार रकम फिर्ता गर्न थाले - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापका नक्कलि भुकम्प पिडितहरुले धमाधम १५ हजार रकम फिर्ता गर्न थाले

रामेछापका नक्कलि भुकम्प पिडितहरुले धमाधम १५ हजार रकम फिर्ता गर्न थाले

नारायण श्रेष्ठ/रेडियो तिफदि
पौष १५/रामेछाप
        रामेछापका नक्कलि भुकम्प पिडितहरुले धमाधम १५ हजार रकम फिर्ता गर्न थालेका छन । भुकम्प पिडितको नाममा सरकारी मापदण्ड विपरीत अस्थायी आवास निर्माणको लागि १५ हजार राहत लिएका रामेछाप जिल्लाका ८ जना व्यक्तिहरुले आफूले लिएको रकम फिर्ता गरेको प्रमुख जिल्ला अधिकारि शेष नारायण पौडेलले जानकारि दिनुभयो ।
      जिल्ला प्रशासन कार्यालयले पे्रस विज्ञप्ति मार्फत गरेको आव्हान पश्चात हालसम्म ८ जना व्यक्तिबाट रु. १ लाख २०हजार फिर्ता भएको छ । उनीहरुले उक्त रकम राष्ट्रिय वाणिज्य वैङक सिंहदरवारमा रहेकोे प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता न. ११३०००३७६२०१ मा जम्मा गरी सो को भौचर जिल्ला प्रशासन कार्यालयमा पेश गरेका छन् । साथै, दर्जनौ व्यक्तिहरुले जाडो यामकोलागि आएको रु. १० हजार राहत आफूलाई आवश्यक नभएको भनि नलिने घोषणा गरेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैवी प्रकोप उद्दार समितिका अध्यक्ष पौडेलले बताउनुभयो । साथै उहाले  मापदण्ड विपरीत अस्थायी आवास निर्माणकोलागि रु.१५ हजार राहत लिएका व्यक्तिहरुलाई उक्त खातामा रकम फिर्ता गर्नु हुन पुनः आव्हान समेत गर्नुभएको छ । नक्कली भुकम्प पिडित भनी जिल्ला प्रशासन र अन्य सरकारी निकायमा परेका उजुरी उपर निरन्तर छानविन भइरहेको उहाले बताउनुभयो । छानविनको क्रममा कुनै राहतनै नलिएका व्यक्तिहरु उपर समेत उजुरी परेको, व्यक्तिगत रिसिइवीको कारणले दुख दिने मनसायले पनि उजुरी गरिएको देखिएकोले झुठा उजुरी नगर्न पनि उहाले आग्रह गर्नु भएको छ । साथै, परिचयपत्र नै नलिएका र रु.१५०००।– राहत पनि नलिएका व्यक्तिहरु उपर समेत उजुरी परेको पाइएकोले त्यस्ता व्यक्तिहरु जिल्ला प्रशासनमा उपस्थित हुन नपर्ने तर सो को जानकारी नजिकको गाविस, प्रहरी वा जिल्ला प्रशासनमा टेलिफोन मार्फत गराउन समेत अनुरोध गरिएको छ ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap