नारायण श्रेष्ठ/रामेछाप,जेठ १३
रामेछापको ओख्रेनीमा विहीबार दिउँसो जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु आठजना घाइते भएका छन् ।
मृत्यु हुने सबै हिमगंगाबासी छन् । दुर्घटनामा हिमगंगागा–१ का नवराज मगर, हिमगंगा–२ की लालकुमारी तामाङ, एकबहादुर आलेमगर, जानकी तामाङ र हिमगंगा–७ की पुष्पा मगरको मृत्यु भएको हो । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा पाँचै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक मखनकुमार यादवले जानकारी दिनुभयो । यसअघि, प्रहरीले स्थानीयलाई उद्धृत गर्दै ७ जनाको मृत्यु भएको बताएको थियो ।
जिपमा १३ जना सवार थिए । जिप सडकबाट करिब चार सय मिटर तल खसेको छ । रामेछाप बजारबाट हिमगंगा गाविसको चिलाउनेतर्फ जाँदै गरेको ना १ ज ४१६१ नम्बरको जिप ओख्रेनीको घुम्तीबाट पल्टिएर दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए । घटनास्थल सदरमुकाम मन्थलीबाट २४ किलोमिटर दूरीमा रहेको छ । घाइतेहरुको सदरमुकाम मन्थलीमा उपचार भइरहेको छ ।

फोटो साभारः खवर डवलि

फोटो साभारःउज्यालो अनलाईन