रामेछाप फागुन १७ गते ।
कृषि मन्त्री हरीबोल गजुरेलले सरकारले प्रयत्न गर्दा गर्दै पनि नागरिकको अपेक्षा अनुसारको काम गर्न नसकेको वताएका छन् । रामेछाप जिल्ला विकास समितिको २१ औं जिल्ला परिषदका निर्णय सार्वजनिकीकरण कार्यक्रममा गजुरेलले सरकारबाट कामको अपेक्षा राख्ने नागरिकसँग माफी माग्नुको बाहेक अरु केहि नभएको वताए ।
‘हामीले काम गर्न नसकेकै हो ’ उनले भने, ’संविधान निर्माण भएको छ, अव कानुनहरु वनाएपछि विस्तारै जनताको कुरा पुरा हुदैजान्छन् । ‘केहि समय धैर्यता गर्नैपर्छ, संविधानको कार्यान्वयन नभई प्रतिफल आउँदैन’ गजुरेलले भने । जनताले संविधान अनुकुल नियम कानुन वनाउनका लागि खवरदारी गर्नुपर्ने उनले वताए । सरकारमा रहेका मन्त्रीले काम गरेनन् भनेर आलोचना आइरहँदा नेतृत्वले उनीहरुलाई फेर्न सक्ने हिम्मत गर्न सक्नु पर्ने उनले वताए । काम नगर्नेको आलोचना सुनिरहने भन्दा त्यसलाई हटाएर अर्को नियुक्त गर्न नेतृत्वले साहस गर्नुपर्छ मन्त्री गजुरेलले भने, ’आलोचना गरेर पदमा राखिरहनु भनेको फेरी अरु बर्बाद पार्नु हो ।’ गजुरेलले नेपालमा धेरै थरीका चुनौतिहरु विद्यमान रहेको वताए ।
![]() |
| नेपाल सरकारका माननिय कृषी मन्त्री हरीबोल गजुरेलललाई सदरमुकाम मन्थलिमा स्वागत गर्दै रामेछापका प्रमुख जिल्ला अधिकरी शेषनारायण पौडेल |

जिल्ला विकास समितिले आगामी वर्षका योजनामा भौतिक पूव्र्ााधार तर्फ जिल्लाका सबै गाविसलाई सदरमुकामसम्म जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसै गरी झोलुङ्गेपुल निर्माण तथा मर्मत, बैकलल्प्िाक उर्जा, सहरी पूर्वाधार विकास लगायतका कार्यक्रमहरु प्राथिमिकतामा छन् । त्यस्तै कृषि, सिँचाई, उद्योग, पर्यटनका योजना पनि जिल्ला विकास समितिका प्राथमिकताका योजनामा छन् । भूकम्पको कारण क्षति पुगेको विद्यालय, स्वास्थ्य संस्था लगायतको पुनःनिर्माण तथा स्तरोन्नतिका कार्यक्रम पनि प्राथमिकताको योजनामा रहेका छन् ।



साभारःखबर डबलि र अनलाईन खबर


