रामेछापमा १९ औ बेथान वीरता दिवस मनाइयो हेर्नुहोस(फोटो फिचर) - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापमा १९ औ बेथान वीरता दिवस मनाइयो हेर्नुहोस(फोटो फिचर)

रामेछापमा १९ औ बेथान वीरता दिवस मनाइयो हेर्नुहोस(फोटो फिचर)

१९ पुस ।नारायण श्रेष्ठ/रेडियो तिफदि,रामेछाप

     रामेछापको बेथान पानीघाटमा आज एकीकृत माओवादीले १९ औं बेथान वीरता दिवस मनाएको छ । यो दिवस सँगै तत्कालिन माओवादीले बेथान चौकी कब्जा गरेको आज १९ वर्ष वितेको छ । जनयुद्धको सुरुवातमा पहिलो पटक माओवादीले रामेछापको बेथान गाविसमा रहेको पानीघाट प्रहरी चौकीमा २०५३ साल  पुस १९ गते आक्रमण गरेको थियो । 

     बेथान आक्रमणमा तीर्थ गौतम, दिलमाया बम्जन, फत्त यस्माली मगर लगाएतले ज्यान गुमाउनु भएको थियो । १९ औ बेथान बिरता दिवसको अवसरमा एमाओबादि रामेछापले आज बेथानको पानिघाटमा बिषेश कार्यक्रमको आयोजना गरेको थयो । कार्यक्रममा बेथान आक्रमणका सहिद तिर्थ गौतमका छोरा दिलिप गौतम र दिलमाया बम्जनका दाजु प्रेमसागर लामालाई दोसल्ला ओढाएर सम्मन गरिएको थियो । कार्यक्रममा एमाओबादिका केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका सेक्रेटरी नारायण दाहाल, केन्द्रिय सदस्य धावा लामा, काभे्र जिल्ला अध्यक्ष दिनानाथ गौतम, एमाओबादि अन्तराष्ट्रीय ब्युरो सचिब युवराज चौलागाई, रामेछाप जिल्ला क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठ कुशल, एमाआबादि रामेछापका अध्यक्ष डिल्लीमान तामाङ लगायतले बेथान बिरता दिबसको अबसरमा तिन शहिद तिफदिको अस्थीर पञ्चर छोएर कसम खादै एमाओबादि पार्टीलाई नयाँ गतिमा लाने प्रतिबद्धता ब्यक्त गर्नू भएको थियो ।   छापामार युद्धलाई उचाईमा पु¥याउन बेथान सहितको प्रहरी चौकी आक्रमणले माओवादीलाई नयाँ उचाइमा पु¥याएको थियो । युद्धकै पहिलो आक्रमण सफल भएको भन्दै हरेक वर्ष दिवस मनाउंदै आएको एकीकृत माओबादीले जनाएको छ । जनयुद्धका क्रममा रामेछाप समेत नराम्ररी प्रभावित भएको थियो । दर्जनौंको हत्या तथा कैयो ब्यक्ति बेपत्ता पारिएका थिए ।

 हेर्नुहोस(फोटो फिचर)

१९ औ बेथान बिरता दिवसमा सहभागिहरु


 १९ औ बेथान बिरता दिवसमा सहभागिहरु

१९ औ बेथान बिरता दिवसको अबसरमा रेडियो तिफदिका सहब्यवस्थापक अम्बिका गजुरेल अनुप, एमाओबादि रामेछापका  जिल्ला सचिब प्रेम कुमार कार्की सेवक, जनसञ्चार सहकारि सस्थाका अध्यक्ष पेमा लामा,  सहिद दिलमाया बम्जनका दाजु प्रेमसागर लामा, सहिद तिर्थ गौतमका छोरा दिलिप गौतम र रामेछाप जिल्ला क्षेत्र नम्बर २ का सांसद श्याम कुमार श्रेष्ठ कुशल लगाएतका नेताहरु



Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap