पर्यटन व्यवसायी सहकारी संस्था माकादुमको साधारण सभा सम्पन्न - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » पर्यटन व्यवसायी सहकारी संस्था माकादुमको साधारण सभा सम्पन्न

पर्यटन व्यवसायी सहकारी संस्था माकादुमको साधारण सभा सम्पन्न

रामेछाप । पुस १५ गते,
पर्यटन व्यवसायी सहकारी संस्था लिमिटेड मन्थलीको पाँचौ वार्षिक साधारण सभा बुधबार रामेछापको माकादुममा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष तेजबहादुर बोहोराको अध्यक्षतामा कार्यक्रम भएको हो ।
साधारण सभामा संस्थाले१४ करोड ५० लाख रुपैयाँ कारोवार गरी यस वर्ष ३८ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको थियो । संस्थाका कोषाध्यक्ष नरबहादुर बुढाथोकीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
यसै गरी संस्थका सचिव कृष्णहरी केसीले सहकारीको प्रगति प्रतिवेदन पेस गरेका थिए । प्रस्तुत प्रतिवदेन अनुसा सो संस्थामा हाल १ हजार ७ सय सेयर सदस्यहरु रहेका छन् ।  कार्यक्रमका सहभागिलाई सहकारीका उपाध्यक्ष पुष्कर कार्कीले स्वागत गरेका थिए ।
कार्यक्रममा एमाले रामेछापका उपाध्यक्ष प्रेम तामाङ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका सभापति शिवकुमार कार्की, खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कँडरिया लगायतले  साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता शेयर सदस्यलाई सम्मानित गरिएको थियो । 
 
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap