रामेछाप, पौष ६ गते ।
नेपाल रेडक्रस सोसाइटी रामेछापले समुदायमा क्रियाशिल स्वयमसेवक तथा कर्मचारीहरुलाई सामुदायिक स्वास्थ्य सम्बन्धी ६ दिने तालिम बुधबार रामेछापको मन्थलीमा सम्पन्न गरेको छ ।
भुकम्प प्रतिकार्य कार्यक्रम ,स्वास्थ्य तथा सुरक्षा अन्र्तगत रहेर प्रदान गरिएको तालिममा रेडक्रस र यसका अभियान, समुदाय परिचालन, समुदाय कार्य मुल्यांकन,स्वास्थ्य प्रर्वद्धन तथा रोगबाट सुरक्षा लगायतका बिषयबस्तुमा सहजिकरण गरिएको कार्यक्रमका स्वास्थ्य अधिकृत प्रतिक गुरुङ्गले जानकारी दिए । नेपाल रेडक्रस सोसाईटी रामेछापका उपसभापति नेत्र बहादुर केसिको अध्यक्षतामा एक औपचारीक कार्यक्रम गरी उक्त तालिमको समापन गरीएको हो ।
६ दिने कार्यक्रमको समापन कार्यक्रममा बोल्दै उपसभापती के.सीले तालिम पश्चात समुदायमा सिकेका कुरा व्यवहारमा लागु गर्न सुझाब दिएका थिए ।
कार्यक्रममा जिल्ला परियोजना संयोजक जयराम बस्नेतले तालिम पश्चात भुकम्प प्रतिकार्य कार्यक्रमका आवास, स्वास्थ्य, जिविकोपार्जन तथा खानेपानी सरसफाईको क्षेत्रमा स्वयमसेवकहरु मार्फत समुदाय स्तरमा थप प्रभावकारी रुपमा काम गर्न सहयोग मिल्ने अपेक्षा गरिएको बताए ।
गत शुक्रबार बाट सुरु भएको तालिममा रेडक्रस सोसाईटी रामेछापको भुकम्प प्रतिकार्य कार्यक्रम सञ्चालन भएका मन्थली नगरपालिका २ र रामपुर गाविसमा कार्यरत सामाजिक परिचालक, स्वयमसेवक र मन्थली सहिदस्मृती बहुमुखी क्याम्पस युवा रेडक्रस सर्कलका पदाधिकारीकारीहरु गरी २४ जनाको सहभागीता रहेको थियो ।
तालिममा शम्भु कुमार बुढाथोकी, दिनेश कुमार कार्की, हरि कुमार कार्की ,सुमन्त कुमार कार्की, प्रतिक गुरुङ्ग, अरुण राय लगायतले सहजिकरण गरेका तालिमका संयाजक शम्भुकमार बुढाथोकीेले जानकारी दिनुभयो ।
तालिमको समापन कार्यक्रममा भुकम्प प्रतिकार्य कार्यक्रमका जिल्ला संयोजक जयराम बस्नेत, कार्यक्रमका कर्मचारीहरु, पत्रकार लगायतको उपस्थति रहेको थियो । तालिम पश्चात सहभागीहरुले समुदाय स्तरमा स्वास्थ्य सम्बन्धी क्रियाकलाप संचालनको लागि कार्य योजना समेत तयार गरेका छन् ।




