रामेछाप, असोज १
प्रहरी चौकी साँघुटारमा कार्यरत एक प्रहरी जवानले स्थानीय एक बालिकालाई बलात्कार गर्न खाजेको भन्दै बालिकाकी आमाले प्रहरीमा उजुरी गरेकी छिन् ।
बालिकाको भनाई अनुसार शुक्रबार बेलुका विद्यालयबाट घर फर्कंदै गरेकी उनलाई आरोपित प्रहरी जवानले साँघुटार गाविस–८ को पाडेमेरे जंगलको बिच बाटोमा समातेर बलात्कार गर्न खाजेका थिए ।
हिमगंगा उच्च माविमा पढेने ती छात्राले आफू विद्यालयबाट घर फर्कंदै गर्दा आरोपित प्रहरी जवानले पिछा गर्दै गएको बताएको उनकी आमालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । जगंलको बिचबाटोमा पुगेपछि ती प्रहरीले बालिकालाई बलात्कार गर्न खोजेको भन्दै न्यायको लागि शनिशार मन्थली आएकी पिडीतकी आमाले बताउनुभयो ।
छोरीले प्रहरीको कव्जाबाट फुित्कएर चिच्याएपछि स्थानीय बासिन्दाले थाहा पाएका थिए । गंगामायाले चिच्चाएर गुहार मागेपछि प्रहरी जवान भागेर कार्यालयमा पुगेका थिए ।
पीडकको पिछा गर्दै गएका स्थानीय बासिन्दाले कार्यालयमा पुगेर उसको पहिचान गरेका थिए । यसबारेमा बुझ्न जिल्ला प्रहरी कार्यालय रामेछापमा सम्र्पक राख्दा प्रहरी प्रवक्ता प्रहरी निरिक्षक प्रेम जोशीले पिडक प्रहरी जवानलाई अड्डासार गरी शनिबार नै मन्थली ल्याइसकिएको बताउनुभयो । वयान र पीडित पक्षको निवेदनको आधारमा हाल आरोपित जवानलाई हिरासतमा राखेर सोधपुछ गरिरहेको उहाँले जानकारी दिनुभयो ।
उज्यालो अनलाईन बाट

